ओरालघारी गुफा

144

हात्तीको टाउकोजस्तै आकारमा बीचमा हात्तीको सुँड र दायाँबायाँ आँखाहरूको आकार र बाँकी हात्तीको ठूलो गर्धनजस्तै देखिने ओरालघारी गुफाको दृश्य पर्यटनका लागि आश्चार्यजनक छ । गुफाको मुख्य भागमा प्रवेश गर्न दुईवटा प्रवेशद्वार गेटहरूजस्तै प्वालहरू रहेका छन् । गुफाभित्र पसेपछि पूर्वउत्तर र दक्षिण जाने गुफाहरू रहेका छन् । यसको दायाँबायाँ अन्य स–साना गुफाहरू रहेका छन् । पूर्व, दक्षिण र उत्तरमा रहेको सानो टाकुरो आकारमा बनेको गुफाको पश्चिममा मानवबस्ती र सडक छ । मानवस्तीबाट झट्ट हेर्दा यो गुफाबाट हात्ती बस्तीतिर आइरहेको जस्तो देखिन्छ ।

राप्तीसोनारी–१ भवानीयापुर गाउँमा गुफा रहेको छ । गुफा पूर्वपश्चिम राजमार्गको कुसुममोडबाट १.४ किलोमिटर दूरीमा छ । सडकबाट हिँडेर हुलाकी सडक हुँदै १५ मिनेटमा पुगिन्छ । ढुंगाको चट्टानबाट बनेको गुफाको भित्री पत्थरहरू स्थानीयले चुनढुंगाका रूपमा प्रयोग गर्छन् । गुफामा रहेका दुई प्वालको लम्बाई अहिले १० मिटरसम्म रहेपनि वि.सं. २०५५ सालसम्म मानिसहरू १,०० मिटर भित्रसम्म गएको बताउँछन् । गुफाभित्र गाई, भैँसीको दूधको कचौराजस्तो आकार छन् । जहाँबाट बर्षातमा पानी निस्कने गर्छ । अहिले गुफाभित्र त्रिशूल, देवीदेउताका मूर्ति राखिएको छ । स्थानीय र आवातजावत गर्नेहरू पूजापाठ गर्छन् । यहाँ सिद्धबाबाको पूजा हुने गर्छ । यही गुफाको टाकुरोबाट गाईलेक डाँडाको फेद र चुरे वन सुरु हुन्छ । पौराणिककालदेखि रहेको गुफा र गाईलेकको सम्बन्ध छ । गाईलेकमा माग गरेको भाडावर्तन, खेत जोत्ने गोरुहरू गुफामा आउने गरेको किंवदन्ती छ । यहाँ अहिले दुम्सीहरू र सर्पहरू भेटिने गर्छन् ।

Womui
Womui