बघौडा ताल

190

बघौडा ताल नरैनापुर गाउँपालिका वडा नम्बर १ स्थित सुईयामा अवस्थित छ । नेपाल भारतको दशगजा पिलर नम्बर ६३४ र ६३५ को बीचमा यो ताल रहेको छ । तालको एक भाग नेपालतर्फ र दुई भाग भारतीय क्षेत्रमा फैलिएको छ । तालको लम्बाई १२९ मिटर, चौडाई ७० मिटर र गहिराई १० मिटर रहेको छ । भारतको भने श्रवास्ती जिल्ला बघौडा पञ्चायत छोएको छ ।

यो ताल नेपालमा समेत पर्ने भएकोले यो नरैनापुर क्षेत्रमा रहेको एकमात्र ठुलो पर्यटकीय ताल हो । स्थानीयका अनुसार यो ताल अंग्रेजको भारतमा शासन हुँदा देखि रहेको छ । २०५ बर्ष अगाडीदेखि यो तालमा अस्तित्वमा रहेको बताइन्छ । ६० वर्षसम्म ताल वरिपरी जंगल रहेको भएपनि अहिले चारैतिर खेतीयोग्य जमिन रहेको छ । यहाँ हरेक बर्ष कार्तिक महिनामा मेला लाग्ने गर्दछ । विशेष त अहिले यो ताल स्थानीयले पौडी खेल्न, पशुचौपाय नुहाउन, पानी पियाउन, मानिसहरु दैनिक प्रयोजन र सिँचाईमा प्रयोग गर्दै आएका छन् । बघौडा तालको नजिकै एक सय बर्ष पुरानो मजार कर्बस्तान बाबाको कुटी रहेको छ । यो ताल झण्डै १२ विगाह क्षेत्रमा फैलिएको छ ।

Womui
Womui