घाँटीमा मासु अड्किएर वडा अध्यक्षको मृत्यु, सचिवसहित सात प्रहरी नियन्त्रणमा

380

नेपालगन्ज–कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएपछि सचिवसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिकनिक खान गएका वडा भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृत्युभएपछि उनीसँगै गएका सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला मासु खाँदा घाँटीमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Womui
Womui