घाँस काटिरहेकी बेला रेणुकालाई बाघको आक्रमण

451


र्दिया–बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काटिरहेकी रेणुका सुनारलाई बाघले आक्रमण गरेको हो ।

मधुवन–३ की २९ वर्षीया सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो । सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । रासस

Womui
Womui