कार्बन सञ्चितिवापत नेपालले ५ अर्ब प्राप्त गर्ने, किसानको हातमा पर्ला ?

334


छिनछिन खबर
काठमाडौँः
नेपालले वन संरक्षणमार्फत् कार्बन उत्सर्जन घटाएबापत ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद जेर्भोसबीच भएको उत्सर्जन कटौती खरिद सम्झौतानुसार नेपालले सो रकम पाउनेछ ।

सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत् उत्सर्जन घटाइ कार्बन सञ्चिति बढाए वापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौँ र विश्वव्यापी रूपमा १२ औँ देश हुन पुगेको छ । यो रकम किसानको हातमा पुग्छ वा पुग्दैन भन्नेबारे यतिखेर धेरैको चासो छ ।

किसानको हातमा नपुग्ने हो भने यस्ता कार्यक्रमको कुनै अर्थ नहुने सम्बद्ध अधिकारी बताउँछन् । कम्तीमा खेतीपाती गर्ने जमिनमा रुख, विरुवा लगाएका किसान यस्तो सम्झौताबाट लाभावन्ति हुन सक्नुपर्ने आवाज उठेको छ ।

Womui
Womui