लखेटी लखेटी मारिएका थमनको अन्त्येष्टि हुँदै

63

नेपालगन्ज, भदौ २७

स्वर्गिय थम्मनबहादुर बिश्वकर्मा ।
स्वर्गिय थम्मनबहादुर बिश्वकर्मा ।

आन्दोलनकारीले महोत्तरीमा लखेटी–लखेटी हत्या गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक असई थमनबहादुर विश्वकर्माको शव आज बिहान नेपालगन्ज ल्याइएको छ । हेलिकोप्टरमार्फत् उनको शव हिजोनै ल्याइने भनिए पनि मौसमको खराबीका कारण शव एम्बुलेन्समार्फत् आज बिहान नेपालगन्ज ल्याइएको हो । थमनको हत्यामा संलग्नलाई कानुनी कारबाही र क्षतिपूर्तिको माग गर्दै  परिवारजनले शव बुझ्न नमानेपनि क्षर्तिपूर्तिसहित हत्यामा संग्लनलाई कारबाही गरिने सहमतिपछि उनको शवं परिवारले बुझेका थिए । उनको शवलाई कचनापुर–५ मदुइमा लिइएको छ । आज नै उनको कचनापुर–५ मदुइ स्थित राप्तीघाटमा दाससंस्कार गरिने परिवारजनले जनाए । अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीले सलामी दिँदै उनको शव दाह संस्कार गरिने छ ।

Womui
Womui