आइपिएलको अक्सनमा किन बिकेनन् सन्दिप लामिछाने

395


छिनछिन खबर
काठमाडौँ —
इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कुनै पनि क्लबले खरिद गरेनन् । भारतको चेन्नईमा अक्सन आयोजना गरिएको थियो । दिल्ली क्यापिटलसले यस सिजनका लागि रिलिज गरेपछि सन्दिप पनि अक्सनमा आएका थिए । उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । दिल्लीले यस सिजन रिलिज गरिदिएपछि सन्दीप अक्सनमा गएका थिए ।

अक्सनमा सन्दीपसहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) मार्फत आवेदन दिएका थिए । त्यसमा सन्दीपमात्र अन्तिम अक्सनमा छानिएका थिए ।

Womui
Womui