चीनले लगायो बिबिसी वल्र्ड न्युज प्रसारणमा प्रतिबन्ध

288


बेइजिङ–चीन सरकारले बिबिसी वल्र्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको छ । बिबिसीका अनुसार चीनस्थित टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले समाचार प्रसारणमा प्रतिबन्ध लगाएको हो ।

चीन सरकारको निर्णयले निराश भएको बिबिसीले जनाएको छ । चिनियाँ नियामक निकायले समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चीनको राष्ट्रिय स्वार्थमा हानी पु¥याउन नहुने सहितका प्रसारणसम्बन्धी निर्देशिकाको बिबिसी वल्र्ड न्युजले उल्लंघन गरेको जनाएको छ ।

बिबिसीका अनुसार यसअघि सञ्चारमाध्यमसम्बन्धी बेलायतको नियामक निकाय अफकमले युकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो । जुन कदमको प्रेस अधिकार सम्बन्धी संघसंस्थाहरूले विरोध गरिरहेका छन् । एजेन्सी

Womui
Womui