नेप्सेले रोकेका ७ कम्पनीको सेयर कारोबार फुकुवा

58


छिनछिन खबर
काठमा
डौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार रोक्का भएका ७ कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनीमध्ये ७ कम्पनीले विवरण बुझाएसँगै नेप्सेले सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले माघ २६ गते विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो ।

जसमध्ये ७ कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेस गरेकोले सेयर कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कर्णाली डेभलमपेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथरपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, र राधी विद्युत् कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको छ ।

Womui
Womui