प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटायो

60


छिनछिन खबर
काठमाडौं–
प्रचण्ड–नेपाल नेतृत्को नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ । स्थायी समितिको बैठकले ओलीलाई साधारण सदस्यताबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिनुभएका ओलीलाई केन्द्रीय साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ’, श्रेष्ठले भने । माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । प्रतिनिधि सभा विघटन लगत्तै बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको र उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

Womui
Womui