खेती किसानीमा बिल गेट्स, २ लाख ६९ हजार एकड जमिनमा खेती गर्दै

323


काठमाडौं–माइक्रोसफ्ट कम्पनीका प्रमुख बिल गेट्सले खेती किसानी गर्ने भएका छन् । हालसम्म उनलाई कम्प्युटर र प्रविधिको क्षेत्रमा काम गर्ने धनाढ्य व्यक्तिको रूपमा चिन्ने गरिन्छ । बिल गेट्स अमेरिकाका सबैभन्दा ठूला किसानाका रुपमा स्थापित हुन खोजेका छन् ।

अमेरिकाका ५० राज्यमध्ये १८ वटा राज्यमा उनले २ लाख ४२ हजार एकड खेत खरिद गरेका छन् । त्यसका लागि उनले १ हजार २ सय ५१ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । उनको साथमा अब २ लाख ६९ हजार जमिन रहेको छ । त्यसमा उनी खेती गर्न लागेका छन् । डेली मेलका अनुसार सन् २०२० को भूमि विवरण अनुसार यो तथ्य सार्वजनिक भएको हो । उनले खेती योग्य जमिन मात्रै नभई काम नलागेको भनेर त्यत्तिकै छाडिएका जमिन समेत खरिद गरेका छन् ।

उनले हर्स हेभन भनिएको क्षेत्रमा समेत १४ हजार ५०० एकड जमिन खरिद गरेका छन् । त्यसका लागि मात्रै उनले १ हजार २५१ करोड बराबर रकम खर्च गरेका छन् । ६५ वर्षीय बिल गेट्सले खेतीयोग्य जमिनमा विभिन्न प्रकारको खेती गर्ने सोच अगाडि सारेका छन् । उनले त्यसका लागि सन् २०१८ देखि नै अमेरिकामा तोकिएको भन्दा बढी मूल्य दिएर जमिन खरिद गर्न सुरु गरेका हुन् । बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनले सन् २००८ मा एक महत्वपूर्ण घोषणा गरेको थियो ।

उनले भनेका थिए कि अफ्रिाका तथा संसारभरका विकासशिल देशका साना किसानको सहयोगका लागि आफूले अभियान अगाडि बढाएको छु । त्यसका लागि उनले २ हजार २ सय ३८ करोड बराबरको सहयोग दिएका थिए । त्यसबाट साना किसान गरिबी तथा भोकबाट बाहिर निस्कन सकून ।
एजेन्सी

Womui
Womui