डोनाल्ड ट्रम्पले ट्वीटर चलाउन नपाउने

90


छिनछिन खबर
काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरले ट्रम्पको अकाउन्ट सधैंका लागि बन्द गरेपछि यस्तो अवस्था आएको हो । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले ट्रम्पका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरिएको उल्लेख गर्दै अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिएको जनाएको छ । यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । ट्रम्पले हिंसात्मक गतिविधि गर्ने आफ्ना समर्थकहरुलाई ‘देशभक्त’ भनेका थिए । एजेन्सी

Womui
Womui