राजसिंह थारुको नेतृत्वमा बाँसगढी

247

बाँसगढी–भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बासले बर्दियाको बाँसगढीमा उपशाखा विस्तार गरेको छ । बाँसगढीमा भएको युवाहरुको भेलाले राज सिंह थारुको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरेको छ । यसरी गठित उपशाखाको उपाध्यक्षमा पुनम थापा, सचिवमा सृजना सुवेदी, सह सचिवमा हिना जागा र कोषाध्यक्षमा सरस्वती अधिकारीलाई चयन भएका छन् । त्यस्तै सदस्यमा क्रमशः हिरामणि उपाध्याय, सुरेन्द्र थारु, राधिका अधिकारी, पूजा अधिकारी, निशा शाह र प्रकाश बिक चयन भएकाछन् ।
उपशाखा गठन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिब शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितिमा भएको थियो । नवगठित उपशाखा अध्यक्ष थारुले बाँसगढीका युवाहरुलाई एकताबद्ध गरी भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।

Womui
Womui