श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

416

काठमाडौं– विदेशमा रहेका श्रमिकले अब श्रम स्वीकृति लिन नेपालमै आउनु नपर्ने भएको छ । आगामी साताबाट लागू हुने गरीसरकारले अनलाइनबाटै श्रमस्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि अब श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका हुन्।

अनलाइनबाट श्रम स्वीकृति लिनका लागि आईएमई पे, ई-सेवा जस्ता गेटवेबाट तोकिएको शुल्क भुक्तानी गर्नु  पर्नेछ । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ।

श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि-इन्ट्रीको सुविधा पाउनेछन् ।

Womui
Womui