बनियाँ गाउँको झडपमा एकको मृत्यु

118

नेपालगन्ज– बाँकेको जानकी गाउँपालिका बनियाँ गाउँमा स्थानीय बीच भएको झडपमा एकको मृत्यु भएको छ । गुरुवा गाउँ मेलामा सामान्य विवादका कारण भएको झडपमा परी बनियाँ गाउँका धनीराम यादवको मृत्यु भएको हो । त्यस्तै झडपमा ५ जना घाइते भएका छन् भने यादव मृत्युको घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । अहिले पनि उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हरेक वर्ष पूर्णिमाका दिन सो ठाउँमा ‘गुरुवा गाउँ’ मेला लाग्ने गर्छ ।

Womui
Womui