कलाकार सिंह दङ्गीशरण बलिहाङ्ग पदकद्वारा सम्मानित हुने

235

नेपालगन्ज । प्रदेश ५ सरकार द्वारा नेपालगन्ज निवासी कलाकार श्यामानन्द सिंह सम्मानित हुँदै संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गरेको हो । यसरी सम्मानित हुनेमा बाँकेको नेपालगन्जमा स्थायी बसोबास गर्दै विगत ३ दशक देखि कला साहित्यमा लामो समयदेखि सक्रिय रहँदै आएका कलाकार श्यामानन्द सिंह ठकुरी रहेका छन् । कला भाषा साहित्य मार्फत सांस्कृतिक पहिचानको संरक्षण एवम् सम्बर्द्धनको काम गरेकोमा सिंहलाई दङ्गीशरण बलिहाङ्ग पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । बाँकेबाट सम्मानितहरुमा सरिता खनाल ( समाजश्री), सिद्धार्थ बिजनेश ग्रुपलगायत छन् ।

Womui
Womui