अभिनेता सुशान्त सिंह आत्महत्या प्रकरणमा जोडिएका चार पक्राउ

243

एजेन्सी–अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केवल आत्महत्या नभएको भन्दै परिवारले अनुसन्धान अगाडि बढाउन दबाब दिएसँगै भारतीय प्रहरी यस प्रकरणसँग जोडिएका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती, सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले यो अनुसन्धान गरिरहेको छ । भारतीय संचार माध्यमका अन्सार दीपेश लागुऔषध खरिद एवम् कारोबारमा समेत संलग्न रहेको खुलेको छ । सुशान्तको १४ जुन २०२० मा वान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।

Womui
Womui