कलाकृतिको उचित व्यवस्थापन हुन् नसक्दा दुख लाग्छ – कलाकार श्यामानन्द

93

नेपालगन्ज–सरकारले कलाकारहरूको संरक्षणमा ध्यान दिन नसकेको बेला नेपालगन्जका एक कलाकारले भने आफ्नै घरमा कला सङ्ग्रहालय स्थापना गरेका छन् । विगत तीन दशकदेखि चित्रकला र हस्तकलामा निमग्न रहँदै आएका कलाकार श्यामानन्द सिंह ठकुरीले नेपालगञ्ज– ९, बाँकेगाउँस्थित आफ्नै निवासमा कला संग्रहालय स्थापना गरेका छन् ।

बाल्यकालदेखि नै कलाकारितामा सक्रिय सिंहले कलाको संरक्षण तथा सम्वद्र्धनमा लागि परेको भए पनि कतैबाट सहयोग नपाएपछि आफूले घरमै संग्रहालय सञ्चालन गरेको बताए । उनले आफ्नो घर भाडामा नदिई हाल संग्रहालय स्थापना गरी आम नागरिकका लागि निःशुल्क अवलोकनको व्यवस्था गरेका छन् । उनले प्रायः प्रयोग गरेर फालिएका एवं खेर गएका सामग्रीहरु जस्तैः पुराना कागज, बोतल, फाम , केराका पात लगायतका सामग्रीको प्रयोगबाट कलात्मक वस्तुको निर्माण गर्दछन् । ठकुरीले प्रख्यात मन्दिर तथा विभिन्न धर्म , जातजातिको पहिचान झल्किने चित्रहरू जस्तैः रानीमहल, लोपुन्मुख सम्पदा, भगवानका मूर्तिहरू, सवारी साधनहरु एबम घरमा आवश्यक पर्ने सामग्रीहरु गरी हालसम्म करिब ५ हजार कलाकृति निर्माण गरेका छन् । सन्देशमूलक चित्रहरू उनले समेत बनाएका छन् । ठकुरीले बनाएका पेन्टिङहरु बाँके लगायत बाहिरका ठुलाठुला होटल तथा रेष्टुरेण्टहरुमा राखिएको उनी बताउँछन् ।

ठकुरीले विसं २०७२ सालमा संस्कृति मन्त्रालयबाट लोककलामा नगद ५१ हजार सहित क्षेत्रीय प्रतिभा पुरस्कार तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानबाट नगद २५ सहित विशेष पुरस्कार एबम भेरी साहित्य समाज बाँकेबाट नगद २५ हजार सहितको प्रेमप्रकाश मल्ल राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका छन। ठकुरीको संग्रहालयमा हस्तकलातर्फ – खेर जाने वस्तु, कागजबाट निर्मित पुराना एवं लोपउन्मुख सांस्कृतिक, एतिहासिक, धार्मिक धरोहर र फामबाट निर्मित आकर्षक कलाकृतिहरु छन् । चित्रकलातर्फ भने ल्यान्डस्केप , अमुर्त ,नाइपफ, मोडर्न, कल्चर, पोर्ट्रेट, तेलपानी चित्रहरु राखिएका छन् । २०७२ सालमा नेपाल टेलिकमको सरकारी सेवाबाट अवकास लिएका ठकुरीे साहित्य लेखन , गायन , गिती लेखन , बाँसुरीबादनमा पनि उत्तीकै सिपालु छन । उनी भन्छन्, ‘मैले कलाको उत्थानका लागि सबैलाई अनुरोध गरेको भए पनि कतैबाट सोचेअनुरुप सहयोग पाइएन ।’ उनले कला सङ्ग्रहालय सबैका लागि निःशुल्क अवलोकनका लागि सञ्चालनमा ल्याएको बताए । ३ वर्षदेखि संचालनमा ल्याएको उनको संग्रहालयमा सोचेअनुसार अवलोकनका लागि समेत आउने नगरेको उनी बताउँछन् । ६६ बर्षीय उमेरमा समेत कला सामग्री निर्माण गरिरहेका श्यामानन्द सिंह ठकुरीको यो कार्य निकै प्रशंसनीय छ । उक्त कार्यको प्रशंसा गर्दै कलाकारलाई उत्प्रेरित गर्न सबै क्षेत्र लाग्न जरुरी छ, हाम्रो समाजमा रहेका यस्ता प्रतिभावान कलाकार तथा कलाको क्षेत्रबाट हाम्रो समाजमा उहाँले पुर्याउनु भएको योगदानको उचित समान गर्दै यस्ता मौलिक , एतिहासिक , सांस्कृतिक कलाकृतिहरुको संक्क्षण , प्रबर्धन , र बिकाश गर्नु स्थानीय सरकारको ठुलो दायित्वमा हुने गर्दछ ।

Womui
Womui