राष्ट्रकवि घिमिरेको निधन

115

काठमाडौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०२ वर्षीय राष्ट्रकवि घिमिरेको काठमाडौंको लैनचौरस्थित उनकै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिककालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् । चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपाली का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा फूलको थुङ्गा बगेर गयो (तारादेवी) तथा आजै र राति के देखेँ सपना (नारायण गोपाल) छन्। स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरेको जन्म वि।सं। १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो।

Womui
Womui