फेसबुकले हटायो ट्रम्पको पोष्ट

35

नेपालगन्ज – फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्टलाई हटाएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलोपटक डिलिट गरेको हो ।
फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।
ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन, ‘कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।‘
फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’

Womui
Womui