कोरोना रोकथाममा भएको खर्च भदौमा सार्वजनिक गरिने

42

काठमाडौं– आर्थिक वर्ष २०६७।०७७ मा कोरोना रोकथामका लागि सरकारले गरेको खर्च भदौमा सार्वजनिक गर्ने जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भदौमा खर्च सार्वजनिक गर्ने भन्दै सरोकारवाला सबै निकायबाट विवरण माग गरिएको छ ।
सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ ।
कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको हो । यस्तो विवरण सार्वजनिक निकायले साउन मसान्तभित्र बुझाउनु पर्ने भएको छ ।
त्यस्तै चालु आर्थिक वर्ष २०७७।७८ मा भएको खर्च विवरण भने चौमासिक रूपमा सार्वजनिक गर्ने तयारी कार्यालय गरेको छ ।

Womui
Womui