इनफ इज इनफका अभियन्तामाथि प्रहरीले थाल्यो कारबाही

29

काठमाडौं–कोरोना भाइरसको रोकथाममा सरकारले प्रभावरकारी कदम नचालेको भन्दै इनफ इज इनफलगायतका समूहले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरुविरुद्ध भने कारबाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ इज इनफका अभियन्ता शुक्रबार पक्राउ परेका छन् । यसैबीच दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियन्ता पक्राउ परेको बताइएको छ । नेतृ रन्जु दर्शनासहित आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत पक्राउ परेका छन् । उनीहरुले आज बालुवाटार घेराउको कार्यक्रम राखेका थिए । सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको हो ।

पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनको व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत माग उनीहरुको छ । सरकारले भने यसरी गरिने भीडभाडले कोरोनाकै संक्रमण बढाउने भन्दै समूहमा भेला नहुन आह्वान गरिरहेको छ ।

Womui
Womui