मणिको हाँस्दाहाँस्दै गीत विमोचन

248


नेपालगन्ज–नेपाली आधुनिक गीत हाँस्दाहाँस्दैको युटुवमार्फत् विमोचन भएको छ । रचनाकार मणि आचार्यको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो । विगत दुई दसकदेखि गीत संगितमा क्रियाशील आचार्यको यो तेस्रो गीत हो ।
सुन्दर संसार, घैला भरि पानीको सफलतापश्चात आचार्यले हाँस्दाहाँस्दै गीत स्रोतामाझ पस्केका हुन् । हाँस्दाहाँस्दैमा सन्तोष श्रेष्ठको संगीत, प्रमोद खरेलको स्वर र राज केसीको निर्देशन रहेको छ । गीतमा दीनेश कडायत र नग्माश्रेष्ठले अभिनय गरेका छन् ।  
आचार्य विगत दुई दसकदेखि साहित्य क्षेत्रमा क्रियाशील छन् । जिल्ला बाँके खजुरा गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका आचार्यले सांगितिक क्षेत्रमा पनि आफ्नो कुशल क्षमता प्रस्तुत गर्दै आइरहेका छन् । आचार्य भन्छन्, ‘मेरो अघिल्ला गीत जस्तै यो गीतले पनि सफलता पाउँछ ।‘
आचार्य पुनःअर्को गीत स्रोतामाझ प्रस्तुत गर्ने जमर्कोमा छन् । उनले भने, ‘ राष्ट्रियगीतको तयार छु । यही वर्षभित्र निकाल्ने तयारी गर्दैछु ।‘

Womui
Womui