राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुट्यो

42

छिनछिन खबर
काठमाडौं, भदौ २०
राष्ट्रिय प्रजातन्त्र पार्टी फेरी फुटेको छ । पशुपति शम्शेर राणा अध्यक्ष रहेको राप्रपा फुटेर वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द अध्यक्ष बनेका छन् । एकसय केन्द्रीय सदस्यहरु मध्ये ६३ जनाले चन्दलाई अध्यक्षमा चुनेका हुन् ।

लोकेन्द्रबहादुर चन्द
लोकेन्द्रबहादुर चन्द

चन्दको नेतृत्वलाई नेता डा. प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, बिक्रम पाण्डे, ध्रुव प्रधान र परशुराम खापुङसहितले समर्थन गरेका छन् । पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराइसकेको नेता परशुराम खापुङले बताए । चन्दलाई समर्थन गर्नेहरु प्रायः सूर्यबहादुर थापा गुटका हुन् । पार्टीका महामन्त्री बिक्रम पाण्डेले पशुपति शम्शेर पार्टी अध्यक्ष भएको आधारमा नै लोकेन्द्रबहादुर चन्द पार्टीका अध्यक्ष बनेको दाबी गरे । राप्रपा यसअघि पनि फुटेको थियो । सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेको दुई राप्रपा केहीवर्ष अघि मात्र एकिकरण भएको थियो ।

Womui
Womui