अब फेसबुकको फोटो र भिडियो स्टोर गर्न सकिने

323

एजेन्सी– फेसबुकले नयाँ सुविधा थप गरेको छ। त्यो सुविधा अन्तर्गत फेसबुकमा अपलोड गरिएका फोटो र भिडियो स्टोर गरेर राख्न सकिने भएको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरकै लागि खुल्ला गरेको जनाएको छ। अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो।

नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ।

कसरी स्टोर गर्ने ?

गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जाने । त्यसका लागि सेटिङमा त्यसपछि ‘ट्रान्सफर अ कपी अफ योर फोटोज अर भिडियो’ मा जाने । त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाइ छ। फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ। आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्छन् ।

Womui
Womui