पत्रकारलाई ज्यान मार्ने धम्की

161

छिनछिन खबर
डाेल्पा–नागरिक दैनिक डाेल्पाका संवाददाता तथा पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटालाई ज्यान मार्ने धम्की दिने ठेकेदारलाई कारवाहीकाे माग गरिएकाे छ ।पत्रकार महासंघ डाेल्पाले प्रेस विज्ञाप्ती प्रकासित गरेर ज्यान मार्ने धम्की दिने कार्की निर्माण सेवाका प्राेपराइटर तथा प्रवेश एण्ड प्रभात निर्माणका प्रतिनिध समेत रहेका दुधसिं कार्कीलाइ सत्यतथ्य बुझेर कारवाही गर्न माग गरेकाे हाे ।

समाचारमा फर्मकाे नाम उल्लेख गरेकै भरमा फाेनमार्फत धम्की पुर्ण चेतावनी दिएकाे खवरले जिल्लामा काम गरिरहेका स्वतन्त्र रुपमा कलम चलाउने अधिकार सुरक्षित नभएकाे प्रति पत्रकार महासंघ डाेल्पा शाखा खेद प्रकट गर्दछ प्रेस विज्ञाप्तीमन भनिएकाे छ ।समाचार लेखनकाे क्रममा केहीकमजाेरी भए वा समाचार प्रति चित्त नबुझेमा कानुनी बाटाहरु हुंदाहुदै पनि फाेनमा धम्की पुर्ण चेतावनी दिनुले जिल्लामा काेही पनि पत्रकार सुरक्षित नरहेकाे उल्लेख गर्दै पत्रकार देवकोटा सहित सबै पत्रकारकाे सुरक्षा ब्यवस्था गराउन महासंघका कार्यवाहक अध्यक्ष रुपलाल बाेाद्वारा हस्ताक्षरित जारि विज्ञाप्तीमार्फत सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएकाे छ ।

नागरिक न्युज अनलाइनमा ०७७ जेष्ठ २५ गतेकाे अङकमा सम्झाैता अनुसारकाे कनम नभएकाे अवस्थामा पेश्की रकम निकनसा सिफािरस स्थानीद्वारा विराेध भन्ने समाचर प्रकासित भएकाे थियाे ।निर्माण ब्यवसायी दुधसि कार्कीले फाेनमा अाफ्नाे फर्मकाे नाममा ठेक्का स्वीकृत नभएकाे र आफू प्रवेश एण्ड प्रभात निर्माण सेवाकाे पतिनिधकाे रुपमा रहेकाे अवस्थामा आफ्नाे कार्की निर्माण सेवाकाे नाम जाेडेर समाचार लेखेकाे भन्दै फाेन मार्फत जुनसुकै ठाउँमा जस्ताेसुकै अवस्थामा जे पनि गर्न सक्ने र ज्यान मार्ने धम्की कुरा सामान्य भएकाे बताउदै धम्कीपूर्ण चेतावनी दिएका थिए ।
यत्तिखेर समाचारकाे विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने दिएकाे धम्कीको सामाजिक सन्जालकर्ताले चर्काे विराेध गरेका छन ।

Womui
Womui