‘मैनापोखरमा थरुहटको योजनावद्ध घटना’ : प्रहरी अधिकारी

68

छिनछिन खबर
नेपालगन्ज, भदौ १९
बर्दियाको मैनापोखरमा आन्दोलनरत थरुहटले ‘योजनावद्ध रुपमा’ प्रहरी हवल्दारमाथि गोली प्रहार गरेको प्रहरीका उच्च अधिकारीले निस्कर्ष निकालेका छन् । घटनास्थलको स्थलगत निरिक्षण गरेका उच्च अधिकारीले मकैबारीबाट लुकेर फायरिङ गरि आन्दोलनकारीले प्रहरी हवल्दार देबबहादुर पाण्डेको हत्या गरेको दाबी गरेका हुन् ।

मैनापोखर घटनाको स्थलगत निरिक्षण गरिसकेपछि डिआईजी केशवप्रसाद अधिकारी ।
मैनापोखर घटनाको स्थलगत निरिक्षण गरिसकेपछि डिआईजी केशवप्रसाद अधिकारी ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक(डिआईजी) केशवप्रसाद अधिकारीले घटनास्थलमा पुगेर हेर्दा आन्दोलनकारीले करिव १० को दुरिमा रहेको मकैबारीबाट लुकेर आक्रमण गरेको बताएका छन् । ‘घटनास्थलको चारैतिर झाँडी र मकैबारी रहेछ,’ उनले भने ‘त्यही ठाउँलाई आन्दोलनकारीले आक्रमण गर्ने स्थल बनाएको पाईयो ।’ घटनाको विस्तृत कुरा मृतकको पोष्ट मार्टम रिर्पोटपछि थाहा हुने र अनुसन्धान गर्न सहज हुने उनले बताए ।
डिआईजी अधिकारीका अनुसार शुक्रबार बिहान २ वटा रात्री बस प्रहरीको स्कटिङमा मैनापोखर सम्म पुगेका थिए । थरुहट कार्यकर्ताले ती बसमा अवरोध गर्न खोजेपछि जिल्लाबाट पुगेको सशस्त्र र प्रहरीको थप जनशक्तिले स्कटिङ गरेर गन्तव्यमा पु¥याएको थियो । प्रहरीले बस स्कटिङ गरेर लगेपछि थरुहट कार्यकर्ता आक्रोशित बनेका थिए । ‘प्रहरीसँग उनीहरुको बिबाद चल्दै थियो, त्यसैक्रममा मकैबारीबाट एक्कासी गोली प्रहार भयो,’ डिआईजी अधिकारीले प्रष्ट्याउँदै भने ‘त्यसैक्रममा प्रहरीमाथि ढुंगा मुढा पनि गर्न थाले, प्रहरीले केही सेल अश्रुग्याँस र हवाई फायर पनि खोल्यो ।’ बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराम परियारले योजनावद्ध रुपमा थरुहटका कार्यकर्ताले पाण्डेको गोली हानेर हत्या गरेको बताएका छन् । ‘पुर्व योजना अनुसार नै थरुहटका कार्यकर्ता मकैबारीमा लुकेर गोली प्रहार गरेको हाम्रो निस्कर्ष छ,’ उनले भने ।
प्यूठान धर्मावतीका स्थायी बासिन्दा हवल्दार पाण्डेको परिवार विगत डेढ दशकदेखि नेपालगन्जमा डेरा गरी बस्दै आएको छ । धम्बोझी चन्दनाथ टोलमा मृतक हवल्दारका श्रीमति तथा १२ बर्षिय र ६ बर्षिय दुई छोरा छन् । मृतकको शनिबार बाँकेमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वसन्तकुमार पन्तले मृतकका आफन्त, परिवारका सदस्य आजै आउने र दिउँसो सम्म अन्त्यष्टी हुने जानकारी दिए ।

मृतक प्रहरी हवल्दार देवबहादुर पाण्डेको डेरामा बेहोस भएकी उनकी पत्नी र आफन्त ।
मृतक प्रहरी हवल्दार देवबहादुर पाण्डेको डेरामा बेहोस भएकी उनकी पत्नी र आफन्त ।
Womui
Womui