क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

38

सुर्खेत- सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका पञ्चपुरी नगरपालिका १, हाँसेगाउँका २० वर्षीय युवकको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको छ। उनको गत बिहीबार बिहान २ः१५ बजे मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्युपछि उनको कोरोना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएकोमा नतिजा पोजेटिभ देखिएको हो।

गत जेठ ८ गते सोही नगरपालिकाको वडा नम्बर ९, विद्यापुरस्थित जनता माविमा रहेको क्वारेन्टाइनमा रहेका उनलाई गत बुधबार होम क्वारेन्टाइनका लागि पठाइएको थियो। आरडीटी जाँचका क्रममा नतिजा नेगेटिभ नदेखिएपछि उनलाई होम क्वारेन्टाइनमा पठाइएको विज्ञप्तिमा उल्लेख छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

Womui
Womui