एक्कासि बेहोस भई लडेका वडाध्यक्षको मृत्यु

47

महेन्द्रनगर– एक्कासि बेहोस भएर भुँइमा लडेका वडाध्यक्षको मंगलबार राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कल्लु रानाको मृत्यु भएको हो ।

वडाध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा खटिरहेका बखत एक्कासी बेहोस भएर भुँइमा लडेका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो । उनको मंगलबार राति १२ बजे मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण भए/नभएको बारे परीक्षण गर्ने र तबसम्म उनको शव सेती प्रादेशिक अस्पतालमा रहने मेसु डाक्टर हेमराज पाण्डेयले बताए ।

Womui
Womui