बु्धबारदेखि कोहलपुर ठप्प

58

नेपालगन्ज, जेठ ६–
बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि कोहलपुर नगरपालिकाले नगरलाई पूर्ण रुपमा बन्द गर्न आह्वान गरेको छ । बाँके जिल्लामा बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई कम गर्न लकडाउननै उत्तम उपाय भएको भन्दै एक सूचना जारी गरी उद्योग, व्यापारव्यवसायलाई पूर्णरुपमा बन्द गर्न नगरवासीलाई आग्रह गरेको हो ।

बुधबारदेखि लागू हुने गरी नगरपालिकाद्वारा जारी सूचनामा बैंक तथा वित्तीय संस्थाहरुले दिँदै आएको बाह्य सेवालाई समेत अर्को सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ ।

Womui
Womui