वैज्ञानिक सामुदायिक वनमा ‘अग्निरेखा’

174
अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै ।

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख १५–
राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा रहेका सामुदायिक वनले डडेलोबाट वन संरक्षण र वन्यजन्तु जोगाउनका लागि अग्नि नियन्त्रण रेखा निर्माण गरेका छन । वडामा वैज्ञानिक वन व्यवस्थापन भएका १० वटा सामुदायिक वन उपभोक्ता समूहले वन र वन्यजन्तु संरक्षणका लागि अग्नि रेखा निर्माण गरेका हुन् ।

चैत्र–वैशाखको सुख्खायामको मौसममा वन, जंगलमा पात झरेर खुकेका हुन्छन् । यता कोरोनाका कारण वन, वन्यजन्तुको संरक्षणमा समेत उत्तिकै चुनौती थपिदिएको छ । लकडाउनको बेला समाजिक दूरी कायम गरेर वनका पदाधिकारी र उपभोक्ताले अग्नि रेखा नियन्त्रण गरेको हरलाफाँटा सामुदायिक वन उपभोक्ता समितिका सचिव कृष्ण केसीले बताए । उनका अनुसार सामुदायिक वन क्षेत्रमा ७ किलोमिटर अग्नि रेखा निर्माण गरिएको छ ।

जय दुर्गा भवानी सामुदायिक वनका अध्यक्ष दीर्घ बहादुर बुढाथोकीले गर्मीयाममा जंगलमा पात झरेर पूरै सुकेका हुने र कतै बटुवा कुनै संरक्षण विरोधी समूह वा जानी नजानी वनमा आगो लगाउने प्रवृति हुँदा त्यसबाट साना पोथ्रा र वन्यजन्तुको चरिचरन बन्द हुने भएकाले अग्नि रेखा निर्माण गरिएको बताए । ‘सामुदायिक वनको कार्य योजना अनुरुपै यस वर्ष पनि अग्नि रेखा निर्माण गरिएको जनमुखी सामुदायिक वनका अध्यक्ष टोप बहादुर खडकाले बताए । ‘कोरोनाका कारणले लकडाउन भएपछि केही ढिलाइ भयो उनले भने ।’ लकडाउनका बेला वन तथा वन्यजन्तु संरक्षणका लागि वन हेरालु मार्फत नियमित गस्ती गरिरहेको अध्यक्ष खडकाले बताए । ‘वनको कुनै एक ठाँउमा आगलागी हुँदा अग्नि नियन्त्रण रेखा निर्माण भए अर्को ठाउँमा सल्किन पाउँदैन,’ लालीगुराँस सामुदायिक वनका अध्यक्ष मेघराज उपाध्यायले भने, ‘त्यसैले हामीले हरेक वर्ष सुख्खायाममा अग्नी रेखा निर्माण गर्छौँ ।’

शम्सेरगन्ज सव डिभिजन वन कार्यालय ओभरीले राप्तीसोनारीका सामुदायिक वन लगायतका वनमा अग्निरेखा नियन्त्रणका साथै वनमा उच्च निगरानी गर्न निर्देशन जारी गरेको छ । शम्सेरगन्जका सव डिभिजन वन कार्यालय सहायक वन अधिकृत राजबहादुर चौधरीले समान्यतया चैत्रमै अग्निरेखा निर्माण गर्नुपर्ने भए पनि लकडाउनका लागि सामान्य केही ढिलाइ भए पनि सामुदायिक वनले निर्माण गरिरहेको बताए । ‘अग्निरेखा निर्माण गर्दा समान्यतया सतहमा लागेको आगोबाट फैलिन पाउँदैन,’ उनले भने, ‘वनमा डढेलो नियन्त्रण हुन्छ ।’राप्तीसोनारी २ मा १० वटा जनमुखी सामुदायिक वन,जयदुर्गा भवानी सामुदायिक वन,कोटेहीदेवी पूवा प्रगती सामुदायिक वन, अशोक सामुदायिक वन, लालीगुराँस सामुदायिक वन,हरियाली सामुदायिक वन, हरलाफाँटा सामुदायिक वन, जनकल्याण सामुदायिक वन , शिद्धशाही कुमारी सामुदायिक वन बैज्ञानिक सामुदायिक वन व्यवस्थापन भएका सामुदायिक वन क्षेत्रमा २० किलोमिटर अग्नि रेखा निर्माण गरिएको छ ।

Womui
Womui