नेपालगन्ज कारागारका कैदीको मृत्यु

37

नेपालगन्ज, चैत १८-
नेपालगन्ज कारागारका एक जना कैदीको मृत्यु भएको छ । आपराधिक लाभ सम्बन्धी मुद्दामा कारागारमा सजाय काटिरहेका नेपालगन्ज, एकलैनी का ६० बर्षिय अस्ताक अहमद सिद्धिकीको मंगलबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले उनको मृत्यु भएको पुष्टी गरेको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले सिद्धिकी प्रेसरको बिरामी रहेको बताए । ‘उहाँ लामो समयदेख औषधी खादै आउनु भएको थियो, आज मृत्यु भयो,’ उनले भने । मृतक सिद्धिकीलाई कानुनी प्रक्रिया पुरा गरेर मंगलबार नै परिवारको जिम्मा लगाइएको छ ।

Womui
Womui