‘फेसबुकमा जथाभाबी लेखे जन्मकैद’

250

छिनछिन खबर


काठमाडौं–तपाइँ फेसबुकमा जथाभाबी पोस्ट गर्नु हुन्छ भने सावधान हुनुहोस् । किनभने अरुको मानहानी हुने गरी फेसबुकमा लेख्दा अब ५ वर्षमात्र नभई जन्मकैद नै हुन सक्ने व्यवस्था सूचना प्रविधि विधेयकले गरेको टिप्पणी अधिवक्ता भीमार्जुन आचार्यले गरेका छन् ।
काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा आचार्यले ५ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको दृष्टिकोणबाट चर्चा भएपनि विधेयकका प्रावधानले जन्मकैदसम्मको व्यवस्था गरेको बताए । उनले विधेयकले नेपालमा दुई थरी अदालत निर्माण गर्ने टिप्पणी गरे । ’कङ्गारु अदालतमा कानुन नपढेको मान्छेले जन्मकैद तोक्न सक्ने अवस्था छ’, आचार्यले भने।
अर्का अधिवक्ता टिकाराम भट्टराईले पनि विधेयकमा प्रस्तावित सूचना प्रविधि अदालतको विरोध गरे । नेकपाभित्रको पूर्व एमाले समूहमा लोकतान्त्रिक धार हराउँदै गएका कारण विधेयक निर्माण प्रभावित भएको टिप्पणी पत्रकार कनकमणि दिक्षितले गरे ।

Womui
Womui