‘एमसीसीको उद्देश्य चीनविरुद्ध नेपालीभूमि प्रयोग गर्ने हो’ ढकाल

99

काठमाडौँ– मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) को प्रस्ताव अमेरिकाले चीनविरुद्ध उपयोग गर्न अगाडि ल्याएको भन्दै एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्ने नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले बताएका छन् ।
ढकालले प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा) का अध्यक्ष प्रचण्ड देश र जनताप्रति जिम्मेवार नभएकै कारण एमसीसी सम्झौता आएको बताउँदै सम्झौता खारेजीको लागि सम्पूर्ण जनता सडक आएको भन्दै सरकारसँग एमसीसी सम्झौता तत्काल खारेज गर्न माग गरे । सोमबार राष्ट्रिय जागरण मञ्चको आयोजनामा सम्पन्न ‘हिन्दप्रशान्त रणनीति एमसीसी र नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले त्यस्तो बताएका हुन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै सत्तारुढ (नेकपा) का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताए । उनले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेको बताए । एमसीसी विद्युत विकास भन्दापनि चीनले अगाडि सारेको बिआरआईलाई अवरोध गर्ने नियतसाथ ल्याइएको र उक्त सम्झौतालाई कानुनभन्दा माथि राखिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट्ब्यूरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसदबाट पारित भए भए नेपालको स्वाधीनता समाप्त हुने बताए । उनले चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यसाथ एमसीसी आएको भन्दै खारेज गर्नु पर्ने बताए ।
एमसीसी राष्ट्रघाती भएपनि संसदलाई पारित गर्ने तयारी भइरहेको भन्दै वरिष्ठ अधिवक्ता स्वागत नेपालले त्यसविरुद्ध जनताले प्रतिरोध गर्नुपर्ने बताए । कार्यक्रममा सहभागि अधिकाशं वक्ताहरुले एमसीसी नेपालको स्वाधिनताविरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका थिए । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले एमसीसी अगाडि सारेको बताए । अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गरे नेपाल खाडी मुलुकजस्तै युद्धभूमिमा परिणत हुने खतरा रहेको उनीहरुको भनाइ रहेको थियो ।

Womui
Womui