दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड सुरु

96

छिनछिन खबर

नेपालगन्ज– जिल्लामा सोमबारदेखि दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा अमर मावि गौतमबस्ती सी गाउँमा आगामी माघ ३ गतेसम्मका लागि उक्त प्रतियोगिता संचालन भएको हो ।
प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४०६ विद्यार्थीहरुको सहभागिता जनाएका छन् । प्रतियोगिताका प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मावितर्फ क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैयाँ र आधारभूत तहलाई १० हजार, ७ हजार ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने आधारभूतमा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने स्रोत शिक्षक टंक दाहालले जानकारी दिए ।
शिक्षा, स्वास्थ्य र खेलकुद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान भन्ने मूल नारासाथ सुरु प्रतियोगिताको पूर्व खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश सांसदद्वय बाबुराम गौतम, आइपी खरेलले शिक्षा र खेलकुद क्षेत्रको विकासमा खजुरा गाउँपालिकाको अभियानमा पूर्ण साथ र सहयोग रहने बताए । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुराले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिप्रस्र्धा गर्ने खेलाडी जन्माएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकास गरी गाउँपालिकालाई खेलकुदको हब बनाइने बताए ।

Womui
Womui