नीतिगत रूपमा सबैलाई संघले समेट्ने छः आचार्य

31

१९ औं वार्षिक साधारण सभा
छिनछिन खबर
नेपालगन्ज–निर्माण व्यवसायीले स्वतन्त्र र निष्पक्ष भएर प्रतिस्पर्धा गर्न पाउने व्यवसायीको अधिकारलाई सुनिश्चित गर्ने वातावरण श्रृजना गर्ने निर्माण व्यवसायी संघ प्रदेश ६ का अध्यक्ष मोहनप्रकाश आचार्यले बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ बाँकेको १९औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उद्घाटन गरेको साधारण सभामा निर्माण व्यवसायीका समस्या समाधान गर्न महासंघ लागि परेको उनले बताए । उनले भने, ‘आउँदै गरेको निर्माण व्यवसायीको अधिवेशनमा यहाँ उठेका समस्याहरूको प्रस्ताव राख्नेछु । हजुरहरूले साथ दिँदै गएको खण्डमा म त्यस्ता समस्या समाधान गर्छु ।’

साधारण सभा उद्‍घाटन गरिँदै ।

कार्यक्रममा निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले सम्पूर्ण निर्माण व्यवसायीलाई समान व्यवहार गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘निर्माण व्यवसायी आबद्ध संघको नीतिलाई बलियो बनाउन हामी लागि परेका छौं ।’
शनिबार नेपालगन्जमा भएको वार्षिक साधारण सभामा सहभागी भएका व्यावासयीहरूले संघले नीतिगत रूपमा सम्पूर्ण सदस्यलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । साथै सहभागीले संघ नीतिगत रूपमा अगाडि बढे रोजगारीका अवसरहरू बढ्दै जाने सुझाएका थिए ।
साधारण सभामा निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल, निर्माण व्यवसायी संघ प्रदेश ५ का उपाध्यक्ष देविलाल उपाध्यायलगायत विभिन्न निर्माण व्यवसायीसम्बन्धी पदाधिकारीको उपस्थिति रहेको थियो ।

Womui
Womui