सुवास नेम्वाङ सभामुख, तुम्वाहाम्फे मन्त्री

185

छिनछिन खबर
काठमाडौं–प्रतिनिधिसभाको सभामुखमा पुनः नेकपा नेता सुवास नेम्वाङ हुने भएका छन् । सभामुखको दौडमा रहेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई मन्त्री बनाउने बिषयमा सहमति जुटेपछि नेम्वाङको सभामुख पद पक्का भएको हो ।

सत्तासीन दल नेकपाका तर्फबाट सभामुख पदको दौडमा रहेका अग्नी सापकोटा, पम्फा भुषाल र तुम्वाहाम्फेलाई पछि पार्दै नेम्वाङ नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको रोजाइमा परेका छन् । ४ पुसमा शुरु भएको संसदको अर्को बैठक भोलि १ बजे बस्दैछ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा जेल पुगेपछि संसद्मा सभामुखको खोजी जारी छ ।

जारी पाँचौं अधिवेशनमा सभामुख कसलाई बनाउने भन्ने विषयलाई लिएर सत्तारुढ नेकपाभित्र सहमति नजुट्दा बैठक सुरु भए लगत्तै स्थगित भएको थियो । यसैबीच उपसभामुख तुम्वाहाम्फेले सभामुख निर्वाचनका लागि मार्गप्रसस्त गर्न उपसभामुखबाट राजिनामा दिने भएकी छन् । दुई अध्यक्षवीच उनलाई समाजवादी पार्टीले छाडेका मन्त्रालयमध्ये एउटा दिने सहमति भएपछि उनी राजीनामा दिने तयारीमा पुगेकी हुन् ।

Womui
Womui