महरालाई जेल पठाउने आदेश उच्च अदालतद्वारा सदर

97

छिनछिन खबर
काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । महराले आफूलाई जेल पठाउने आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

उनको निवेदनको सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्लाको आदेश सदर गरेको हो । अदालतले उपलब्ध प्रमाणका आधारमा महरालाई थुनामुक्त गर्ने नमिल्ने बताएको छ ।

Womui
Womui