अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग तल्लो सदनबाट पारित

120

एजेन्सी
काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथिको महाअभियोगको प्रस्ताव पारित भएको छ । महाअभियोगको प्रस्ताव पारित भएलगतै उनको पद धरापमा परेको सञ्चार माध्यमहरूले बताएका छन् । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाअभियोगको प्रस्ताव पारित भएको छ ।

तल्लो सदनबाट पारित भएर मात्र उनी पदबाट भने हट्ने छैन । उनलाई पदमुक्त गर्न माथिल्लो सदनले पनि पारित गर्नु पर्नेछ । महाभियोग सामना गर्ने उनी तेस्रो अमेरिकी राष्ट्रपति हुन् । माथिल्लो सदन सिनेटले उनका बिषयमा अन्तिम निर्णय लिनेछ । सिनेटबाट पनि उनको महाअभियोग प्रमाणित भए राष्ट्रपतिबाट पदमुक्त हुने बताइएको छ । हाउस अफ रेप्रेजेन्टेटिभ्सले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै उनीबिरुद्ध महाअभियोगको प्रस्ताव पारित गरेको छ ।

ट्रम्पविरुद्धका दुई महाभियोग लागेका छन् । एउटामा मतदान भएको छ भने अर्काेमा पनि मतदान हुनेछ । पहिलो मतदानमा उनका विपक्षमा २३० र पक्षमा १९७ मत परेको थियो । डेमोक्रेट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मतदान गरेका थिए ।

Womui
Womui