कोहलपुरमा लोकबहादुर थापा स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता

201

कोहलपुर, मंसिर ७-
बाँकेको कोहलपुरमा शनिबारबाट स्वर्गिय लोकबहादुर थापामगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा कोहलपुर एकेडेमी विजयी भयो । उसले जेगवार स्पोर्टस क्लबलाई ८९ रनले पराजित गरेको हो । उक्त खेलमा टस जितेर पहिला व्याटिङ गरेको कोहलपुर एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उसका लागि सुबेन्दु पान्डेले ४१, टेक रावतले १८, शिव डाँगीले १७ रन जोडे । जेगवारका बलर सम्मु खान र सैजादे खानले २/२ बिकेट लिए । जबाफी व्याटिङमा आएको जेगवारले ८ ओभरमा अल आउट हुँदै ३६ रन मात्र जोडन सक्यो । उसका लागि मनोज यादवले ९ रन जोडनु बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

कोहलपुरका बलर लवकुश यादवले ३ ओभरमा ७ रन दिएर ५ बिकेट लिए । उसका लागि मक्बुल राईले ३ र दिपेन्द्र रावतले २ बिकेट लिए । शनिबारदेखि सुरु भएको प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिए । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवं प्रदेश नम्बर ५ का अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् ।

प्रतियोगिताको शनिबार एक कार्यक्रमका बीच स्वर्गीय थापाकी श्रीमती लालसरि थापा मगरले क्रिकेट एम्पायर ईनामुदिन हल्वाई र राजेन्द्र मान्धरलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् । उक्त प्रतियोगितामा होलिल्यान्ड उच्च माध्यामिक बिद्यालय, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको बिजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ठ ब्याट्स म्यान र बलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताए ।

Womui
Womui