महिला भलिबल खेलाडीलाई जनही ३ लाख

94

छिनछिन खबर
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो ।

परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । यसअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । नेपालले उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको थियो ।

उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाए । समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो ।

Womui
Womui