म्याग्दीको कोतखोलामा भीषण बाढी दुई जना बेपत्ता

136

छिनछिन खबर
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोत खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शनिबार राति आएको बाढीमा परी स्थानीय १० वर्षीय शर्मीला परियार र ६ वर्षीय अनिष्का परियार बेपत्ता भएको प्रहरीे जनाएको छ । कोतखोलामा आएको बाढीले बुद्ध एकेडमी विद्यालयमा समेत पूर्णरुपमा क्षति पुगेको छ ।

स्थानीय माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Womui
Womui