बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा

35

जाजरकोट, भदौ १५ । शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बाढीले बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ । मानिसहरू एक गाउँबाट अर्को गाउँमा जान नसकिने अवस्था छ । पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आईतबार विद्यालय आउन नसकेको त्यहाँका शिक्षक हरिश बुढाथोकीले जानकारी दिए । अघिल्लो वर्ष पनि त्यहाँको पुल वगाउँदा समस्या भएको थियो ।

 

बाढीका कारण देवीभक्त घर्ती, कमला शाही, जनकबहादुर शाही, रुद्रबहादुर शाही, रामबहादुर घर्ती, अनुरुप बिक, माया खत्री, बिल्खे कामी, चन्द्रबहादुर शाही र महेन्द्र शाहीको घरमा क्षती पु¥याएको छ ।

त्यस्तै जुनीबाल संरक्षण माविको प्रर्खाल भत्किएको र बिल्खे कामीको आरन पुरिएको छ । बाढीले सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत क्षति पु¥याउनाका साथै नलगाड नगरपालिका–८ सीमा गाउँसमेत असर पु¥याएको छ । बाढीका कारण त्यहाँका १८ घरका परिबार घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताए ।

बाढीका कारणआइतबार बिहानै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका–२ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले दुःख व्यक्त गरेका छन् । निरन्तर पानीका कारण जाजरकोट–राडी, दल्लीको यातायात सेवा अवरुद्ध भएको छ ।

निरन्तर पानी परिरहेकाले सबैले यात्रा गर्दा, घरमा बस्दा ध्यान दिन, अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आग्रह गरेका छन् । भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो ।
रासस

Womui
Womui