नेकपामा विभाग र जनसंगठनमा जिम्मेवारी बाँडफाँटः कसलाई कुन जिम्मेवारी ? (नामावलीसहित)

91

छिनछिन खबर
काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ । अध्यक्ष पुष्पकमल दाहालको सभापतित्वमा बसेको बैठकले उत्तःm निर्णय गरेको हो ।

बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ । यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ । पत्रकार वष्णु रिजाल विदेश विभागको उपप्रमुखमा नियुक्त भएका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ ।

कसले कुन जिम्मेवारी पाए ?

भानुभक्त ढकालः राष्ट्रिय सुरक्षा विभाग प्रमुख
डोरमणि पौडेलः प्रादेशिक मामिला विभाग उपप्रमुख
बेदुराम भुसालः स्कूल विभाग उपप्रमुख
बिष्णु रिजालः विदेश विभाग उपप्रमुख
रामकुमार राईः सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुखः कमल चौलागाई
प्रमेश हमालः नीति अध्ययन प्रतिष्ठान सहसंयोजक
रामकुमारी झाँक्रीः इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज
अमृता थापामगरः महिला संघ सहइन्चार्ज
सीता पौडेलः महिला संघ सहइन्चार्ज
सत्य पहाडीः कर्णाली सम्पर्क कमिटी इन्चार्ज
वीरमान चौधरीः सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज
सुरेश आलेमगरः आदिवासी जनजाति सहइन्चार्ज
शेरवहादुर तामाङः आदिवासी जनजाति सहइन्चार्ज
तिलक परियारः दलित मोर्चा सहइन्चार्ज
बोमवहादुर विकः दलित मोर्चा सहइन्चार्ज
महेश्वर दाहालः प्रेस संगठन सहइन्चार्ज
केदार न्यौपानेः जनसांस्कृतिक महासंघ इन्चार्ज
खगेन्द्र राईः जनसांस्कृति महासंघ सहइन्चार्ज
जीवन घिमिरेः खेलकुद महासंघ सहइन्चार्ज
अजम्बर काङमाङः खेलकुदु महासंघ सहइन्चार्ज
हिक्मत कार्कीः शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

जिल्ला सहइन्चार्जहरु

तिलकुमार मेन्याङबोः ताप्लेजुङ

भगवती चौधरीः सुनसरी

प्रमोदनारायण यादवः सिरहा

हरिनारायण चौधरीः सिरहा

चुडामणि जंगलीः कास्की

दीपक देवकोटाः कैलाली

रामचन्द्र साहः पर्सा इन्चार्ज

बलराम खत्रीः मजदूर विशेष जिल्ला कमिटी सचिव

Womui
Womui