पाँचथर सामूहिक हत्या प्रकरण, रहस्यमै घटना, वास्तविकता पत्ता लगाउला प्रहरीले ?

112

छिनछिन खबर
पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।


आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । झुण्डिएर मानबहादुर माखिमले आत्महत्या गरेका छन् । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । घटनामा बाँच्न सफल सीता मानबहादुरको सालीकी छोरी हुन् ।

कसले ग¥यो हत्या ?
सामूहिक हत्या कसले ग¥यो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले मानबहादुरले त्यो घटना गराएको हुन सक्ने अनुमान गरेका छन् । मानबहादुर र श्रीमती मनकुमारीबीच केही वर्षदेखि विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण मनकुमारी माइतीमा बस्दै आएकी थिइन् ।

आत्महत्या गरेको नजिकै भेटियो खुकुरी

मानबहादुर झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहिक हत्यामा माखिमको नै संलग्नता हुन सक्ने थप आधार फेला परेको छ । यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Womui
Womui