पाँचथरको आरुबोटेमा नौ जनाको सामूहिक हत्या, अनुसन्धान गर्न एसएसपी खत्रीको नेतृत्वमा प्रहरी परिचालन

150

छिनछिन खबर
काठमाडौं– पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा नौ जनाको सामूहिक हत्या भएको छ । सोमबार मध्यराति नकाव लगाएको समूहले उक्त घटना घटाएको हो । बमबहादुर फियाकको घरमा उक्त हत्याकाण्ड भएको प्रहरीले जनाएको छ ।

घटनामा १२ वर्षीया सीता खजुमले भागेर ज्यान बचाएकी छिन् । । फियाकको घरमा ज्वाइ धनराज शेर्मा पनि बस्दै आएको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए । घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिणमा पर्छ । प्रहरीका अनुसार धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था भेटिएको छ ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

उक्त घटनापछि एक नम्बर प्रदेश प्रहरीले हत्याको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्रीको नेतृत्वमा प्रहरी परिचालन गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पनि टोली पठाउने तयारी गरेको छ ।

Womui
Womui