कक्षा १२ को परिक्षा : सेटिङमै चोराईन्छ चिट

84

नेपालगन्ज, बैशाख १७-
नेपालगन्जमा सञ्चालित कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले मंगलबार गरेको परिक्षा केन्द्रको अनुगमनपछि बोराका बोरा चिट फेला परेको हो । नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन कट्टा(थैली) चिट बरामद गरेको हो । मंगलबार कक्षा १२ को विज्ञान(फीजीक्स)को परिक्षा भएको छ ।

उपप्रमुख उमा थापा, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा अध्यक्षसहितको टोलीले बरामद गरेको चिट मंगलबार नै पत्रकार माझ सार्वजनिक गरियो । नगर प्रमुख राणाले संस्थागत रुपमै चिट चोराउने कार्य भएको दावी गर्दै पहिलो पटकलाई कारवाही नगरिएपनि भोलीबाट चिट चोराइएको पाइएमा कारबाही गर्न भनिएको बताए । पहिलो पटकलाई चिट वरामद मात्र गरिएपनि अभिभावकमार्फत बिद्यार्थीलाई सचेत रहन उनले आब्हान गरे ।

शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरिएको बताउँदै राणाले केही केन्द्राध्यक्षले बाझाबाझ गरेको समेत तितो यथार्थता सुनाए । उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगरले शैक्षिक गुणस्तरमा खेलाची नगरियोस् भन्ने हेतुले अनुगमन गरिएको र यस्ता कार्यलाई निरुत्साही गर्नु पर्नेमा जोड दिईन् । प्रवक्ता प्रमोद रिजालले निजी बिद्यालयका बिद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं बिजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको जिकिर गरे ।

Womui
Womui