काँग्रेस अनुसाशन समितिले भन्योः जागरण अभियानमा पार्टी्हित विपरित अभिव्यक्ति दिए तत्काल खबर गर्नु

309

छिनछिन खबर
काठमाडौं,बैशाख १५ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले राष्ट्रिय जागरण अभियानलाई मर्या्दित र अनुशासित बनाउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए)लाई अनुगमनको जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतरबार दिउँसो बसेको अनुशासन समितिको बैठकले डिएलएललाई ७७ वटै जिल्लामा स्थलगत अनुगमन तथा निरीक्षणमा खटाउने निर्णय गरेको हो ।पार्टीका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा जागरण अभियानको क्रममा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी दिन भनिएको छ ।

काँग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्मका लागि तय भएको छ । जिल्ला केन्द्रित यो अभियानपछि काँग्रेसले भाद्र २४ गतेबाट वीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् । तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ ।काँग्रेसले जागरण अभियानमा पार्टीका संगठन सुधार, सदृढीकरणका अतिरिक्त पार्टीको सदस्यता व्यापक वितरण, भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंशा र बलात्कारका घटनालाई समेत उठाउने भएको छ ।

Womui
Womui