प्रदेश ७ सरकारले बारा–पर्साका हावाहुरी प्रभावितलाई १ करोड दिने

62

छिनछिन खबर
धनगढी–प्रदेश ७ सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीबाट ज्यान गुमाएका, घाइते तथा विस्थापित भएका परिवारलाई एक करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

मंगलबार बसेको प्रदेश ७ सरकारको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए । शाहका अनुसार प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए। यस्तै मन्त्रीपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुख समेत व्यक्त गरेको छ ।

यसअघि प्रदेश नम्बर ३ ले हुरी प्रभावितलाई १ करोड दिने निर्णय गरेको थियो । आइतबार राति अचानक आएको हुरीले बारा र पर्सामा नावलक र महिला गरि २८ जनाको मृत्यु भयो थियो भने सैयौं घर क्षति भएका थिए ।

Womui
Womui