बारा र पर्साको हावाहुरीः २ हजार भन्दा धेरै बिजुलीका पोल ढले

233

छिनछिन खबर
बारा–हावाहुरीका कारण बारा र पर्सामा २ हजार भन्दा बढी बिजुलीको पोल ध्वस्त बनाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बारा र पर्साको हावाहुरीले वद्युत् सेवामा पु¥याएको क्षतिबारे विज्ञप्ति जारी गर्दै प्राधिकरणले विपत्ति प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो बिद्युत सेवा सुचारु गराउन प्रयास थालेको बताएको छ ।

हावाहुरीका कारण कयौं ट्रान्सफर्मरमाहरुमा समेत क्षति पुगेको प्राधिरणको विज्ञप्तिमा उल्लेख छ । आँधीका कारण करिब १५ करोड रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको पूर्वानुमान् प्राधिकरणले गरेको छ ।

Womui
Womui